उम्मेदवार
कृष्ण प्रसाद दाहाल पुराना कम्युनिष्ट नेता मानिनुहुन्छ । २०२० सालको असारमा बकैया गाउँपालिकामा जन्मिएका नेता दाहालले निम्न माध्यामिक तहसम्मको शिक्षा जनता मावि फापरबारी र माध्यामिक तहको शिक्षा जनज्योती मावि रौतहटबाट लिनुभएको हो । अहिले हेटौंडा ५ मा बसोबास गर्दै आउनुभएका दाहालले विरगंजबाट आइएसम्मको शिक्षा लिनुभएको छ । तत्कालीन नेकपा मालेको विद्यार्थी संगठनबाट राजनीतिमा उदाएका कृष्ण प्रसाद दाहाल २०४८ सालको चुनावमा र २०५६ सालको चुनावमा मकवानपुरबाटै सांसद निर्वाचित हुनुभएको थियो । अहिलेसम्म मन्त्री पदमा नपुगेका दाहाल नेकपा एमालेको प्रदेश कमिटीका सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू