उम्मेदवार

कमल थापा नेपाली राजनीतिमा चर्चित नाम हो । नेपाली राजनीतिमा निकै चतुर खेलाडीका रुपमा चिनिने कमल थापाको जन्म २०१२ तनहुँको भिजेदुङमा भएको हो । भुटनदेवी मावि हेटौंडाबाट माध्यामिक तहसम्मको शिक्षा सकेको कमल थापाले अमृत साइन्स क्याम्पसबाट विज्ञानमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर पास गर्नुभएको छ ।

२०२८ सालदेखि राप्रपाको राजनीतिमा लागेका कमल थापा २०४३, २०५१, २०७० सालमा सांसद हुनुभएको छ । २०६४ सालको चुनावमा मकवानपुर क्षेत्र नम्बर ३ बाट पराजित भएका थापा २०७० सालको चुनावमा भने श्रीमती प्रलिता थापालाई मकवानपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्षको उम्मेदवार बनाएर आफू समानुपातिक सूचिमा बस्नुभएको थियो । २०६२÷६३ को जनआन्दोलन दबाउन मुख्य भूमिका खेलेका कमल थापाले लोकतन्त्र विरोधीको रुपमा धेरै आलोचना पनि खेप्नुपरेको थियो । अहिलेसम्म ९ पटकसम्म मन्त्री बनेका कमल थापालाई सत्ताको लागि मरिमेट्ने नेताको रुपमा आलोचना गरिन्छ ।

कमल थापा २०५२ सालमा स्थानीय विकास मन्त्री बनेका थापा २०५३ मा भौतिक योजना र परराष्ट्र, २०५४ मा कृषी र परराष्ट्र, २०५४ मै फेरी परराष्ट्र, २०६० सालमा सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री, २०६२ सालमा गृह मन्त्री, २०७२ सालमा परराष्ट्र र स्थानीय विकास, २०७३ सालमा उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री र २०७४ सालमा उपप्रधानमन्त्री तथा उर्जा मन्त्री बन्नुभएको छ ।

थप उम्मेद्‌वारहरू