उम्मेदवार
महालक्ष्मी उपाध्याय(डिना) नेपाली कांग्रेस
महालक्ष्मी डिना उपाध्यायको जन्म २०२१ सालको असोजमा चितवनको चैनपुरमा भएको हो । उहाँले एसएलसीसम्मको शिक्षा पद्मकन्या मावी लैनचौर काठमाडौंबाट हासिल गर्नुभएको हो । उहाँले पद्मकन्या बहुमुखी क्याम्पसबाट ग्रामिण विकास विषयमा स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य भएर राजनीति सुरु गरेकी महालक्ष्मी डिना उपाध्याय २०६४ सालमा र २०७० सालमा समानुपातिक प्रणालीबाट सांसद बन्नुभएको थियो । उहाँ २०६४ सालमा जलश्रोत राज्यमन्त्री बन्नुभएको थियो । उहाँका १ छोरा र एक छोरी छन् ।
थप उम्मेद्‌वारहरू