उम्मेदवार
विरोध खतिवडाको जन्म २०१७ सालको फागुन १० गते मकवानपुरमा भएको हो । भुटनदेवी माविबाट माध्यामिक तहको शिक्षा लिनुभएको विरोध खतिवडाले काठमाडौंको नेपाल ल क्याम्पसबाट कानुन संकायमा स्नातक तहसम्मको अध्ययन गर्नुभएको छ । २०३० सालमा अनेरास्ववियूबाट कम्युनिष्ट राजनीति सुरु गरेका खतिवडा मकवानपुरमा निकै चर्चित नेता मानिनुहुन्छ । नेता खतिवडा २०४८, २०५१ र २०५६ सालमा मकवानपुरबाट सांसद हुनुभएको थियो । ३ पटकसम्म सांसद भए पनि विरोध खतिवडा मन्त्री भने हुनुभएको छैन् । उहाँ अहिले नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू