उम्मेदवार
कृष्‍ण प्रसाद यादव नेपाली कांग्रेस
२०३६ सालबाट विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनैतिक जीवन सुरु गरेका कृष्ण प्रसाद यादवको जन्म २०२४ सालको भदौ ९ गते भएको हो । चितवनको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान केन्द्रीय क्याम्पस रामपुरबाट कृषि विज्ञानमा स्नातक गरेका यादवका दुई छोरी र एक छोरा छन् । ‘किसानको उत्थान नभएसम्म देशको उत्थान हुन सक्दैन’ भन्ने मान्यता राख्ने यादव पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा भएको प्रतिगमन विरोधी आन्दोलनमा पटक(पटक पक्राउ परी हिरासतमा पर्नु भएको थियो । उहाँ समाजसेवामा रुचि राख्नुहुन्छ र कृषिमा समेत संलग्न हुनुहुन्छ । नेपाली कांग्रेस जिल्ला सभापति समेत हुनु भएका यालव गढीमाई नगरपालिका –८, विनगरामा बस्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू