उम्मेदवार
सुनिल कुमार यादव नेपाली कांग्रेस
नेपाली कांग्रेसका जिल्ला नेता सुनिलकुमार यादवको जन्म विक्रम संवत २०३८ साल मंसिर २९ गते रौतहटको फतुवा हर्षाहा गाविस वडा नम्बर ३ मा भएको हो । हाल उहाँ यही ठाउँमा बसोबास गर्नुहुन्छ । उहाँको बुवाको नाम अनरुद्धप्रसाद यादव र आमाको नाम कलावतीदेवी यादव हो । उहाँको एक छोरा छन् । उहाँले राजनीतिशास्त्रमा स्नातक गर्नुभएको छ । उहाँले २०५३ सालदेखि राजनीति सुरु गर्नुभएको हो । त्यतिबेला उहाँ नेविसंघको ईकाई अध्यक्ष हुनुभयो । पछि ठाकुरराम बहुमुखी क्याम्पस वीरञ्जको ईकाई सचिव हुँदै उहाँ ईकाई अध्यक्ष बन्नुभयो । त्यसपछि २०६० सालमा क्याम्पसको स्ववियू सचिवमा निर्वाचित हुनुभयो । उहाँ ३ पटक नेविसंघको महाधिवेशन प्रतिनिधि र ३ पटक नेविसंघको जिल्ला उपाध्यक्षमा चयन हुनुभयो । हाल उहाँ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुनुहुन्छ । उहाँ २०७० सालको दोस्रो संविधान सभामा रौतहटको क्षेज्ञ नम्बर ५ बाट नेपाली कांग्रेसको तर्फबाट विजयी हुनुभएको थियो । यसपल्ट उहाँ दोस्रो पटक राष्ट्रिय चुनावमा उम्मेद्वार बन्नुभएको हो । राज्यपुर्नसंरचनापछि भएको क्षेत्र परिवर्तनसँगै उहाँले ०७० मा हासिल गरेको जितलाई निरन्तरता दिन सक्नुहुन्छ कि हुँदैन भन्ने चासोको विषय रहेको छ ।
थप उम्मेद्‌वारहरू