उम्मेदवार
नेकपा माओवादी केन्दका नेता प्रभु साहको जन्म २०२८ साल आश्विन १३ गते मौलापुर, रौतहटमा भएको हो । बुवा बाबुलाल साह र आमा लक्ष्मीनीया साहका छोरा प्रभु साहका दुई छोरा छन् । साहले नेपाल ल क्याम्पस काठमाडौंबाट कानुनमा स्नातक सम्मको अध्ययन गर्नुभएको छ । २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका साह २०६४ सालको संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित हुनु भएको थियो । साहले ११ हजार ६ सय २५ मत प्राप्त गर्नुभएको थियो । साह एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा भोजपुरा राज्य समिति सह–इन्चार्ज हुनुहुन्थ्यो । हाल माओवादी केन्द्रको दुई नम्बर प्रदेश इन्चार्ज साह मनोनित एक र निर्वाचित दुइ गरि तीन पटक सांसद हुनुभएको छ । कानुन न्याय तथा संसदीय व्यवस्था, भुमिसुधार मन्त्रि र शहरी विकास मन्त्री हुनु भएको थियो । उहाँ माओवादी केन्द्रका मधेशका प्रभावशाली नेता मानिनुहुन्छ ।
थप उम्मेद्‌वारहरू