उम्मेदवार
देवप्रसाद तिमल्सिना नेपाली कांग्रेस
नेपाली कांग्रेसका महासमिति सदस्य देवप्रसाद तिमल्सिनाको जन्म २०२७ साल असोज १५ गते रौतहटको डुमरियामा भएको हो । होमनाथ र दमन्तादेवी तिमल्सिनाको छोरा देवप्रसादका तीन छोरी छन् । उहाँले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ । उहाँले २०४६ सालदेखि नेविसंघबाट राजनीति सुरु गर्नुभएको हो । सुरुमा उहाँ नेविसंघको प्रारम्भिक कमिटीको सभापति हुनुभयो । २०४८ सालमा नेपाली कांग्रेसको गाउँ कमिटी सभापतिमा देवप्रसाद पार्र्टीको क्षेत्रीय सभापति, जिल्ला सचिव हुँदै हाल महासमिति सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू