उम्मेदवार
उमाकान्त चौधरी नेपाली कांग्रेस
वनस्पति शास्त्रमा स्नातकोत्तर उत्तीर्ण नेपाली कांग्रेसका नेता उमाकान्त चौधरीको जन्म वि.सं.२०२३ साल भाद्र १५ गते बाराको अमाव–३, मा भएको हो । उहाँका बुबाको नाम चन्द्रिकाप्रसाद चौधरी र आमाको नाम मधेशीयादेवी थरुनी हो । वि.सं. २०३६ सालदेखि राजनीतिमा प्रवेश गरेका चौधरी नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय सदस्य पनि हुनुहुन्थ्यो । वि.सं. २०५६ सालको संसदीय चुनावमा उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट विजयी हुनुभएको थियो । विभिन्न समयमा मन्त्री भएका चौधरीले पछिल्लो समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर काम गर्नुभयो । त्यसअघि उहाँ कृषि तथा सहकारी सहायक मन्त्री हुनुहुन्थ्यो । उहाँका तीन छोरी र एक छोरा छन् । संविधानसभा चुनावमा २०६४ मा बारा जिल्लाको क्षेत्र नम्वर ५ बाट १५ हजार ४ सय ८७ मत ल्याएर विजयी भएका चौधरीका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का बलवीरप्रसाद चौधरीले १४ हजार ८ सय ५७ मत प्राप्त गर्नुभएको थियो । उहाँ २०५९ सालमा कृषी तथा सहकारी सहायकमन्त्री र २०६४ सालमा स्वास्थ्यमन्त्री हुनुभएको थियो । उहाँ अहिले नेपाली कांग्रेसको केन्द्रीय सदस्य र अनुशासन समितिका सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू