उम्मेदवार
फरमुल्लाह मंसुर नेपाली कांग्रेस
फरमुल्लाह मन्सुर नेपाली कांग्रेसका पूराना र तराई क्षेत्रका प्रभावशाली नेता मानिनुहुन्छ । उहाँको जन्म २०११ सालको कात्तिकमा बाराको भवानीपुर –३, मा भएको हो । श्री ३ चन्द्र मावि कलैया बाराबाट एसएलसीसम्मको शिक्षा लिएका मन्सुरले उच्च शिक्षा भने लिनुभएको छैन् । २०२७ सालदेखि नेपाल विद्यार्थी संघको राजनीति थालेका मन्सुरले प्रजातन्त्रको लडाईँका क्रममा २ वर्ष जेल पनि बस्नुभएको छ । २०५६ सालमा बाराको क्षेत्र नम्बर ४ बाट सांसद बनेका मन्सुर २०७० सालको चुनावमा १० हजार ४ सय ५६ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँ २०५६ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ अहिले संसदीय बोर्डका सदस्य पनि हुनुहुन्छ । फरमुल्लाह मन्सुर २०६४ सालमा विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको थियो । २०७४ सालको जेठदेखि उहाँ श्रम तथा रोजगारमन्त्री हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू