उम्मेदवार
संघिय समाजवादी फोरम नेपालका युवा र प्रखर वक्ताका रुपमा रहेका प्रदिप यादवको जन्म ३०३२ सालको वैशाखमा बीरगंजमा भएको हो । सिद्धार्थ मावि बीरगंजबाट एसएलसीसम्मको अध्ययन सकेका यादवले ठाकुरराम बहुमुखी क्याम्पस विरगंजबाट शिक्षा संकायमा स्नातक तहको शिक्षा पूरा गर्नुभएको छ । २०४८ सालदेखि राप्रपाको संगठनमा बसेर राजनीति गरेका यादव शाही शासनकालमा मनोनित जिल्ला विकास समितिको सदस्य भएर काम गर्नुभयो । जातीय र क्षेत्रीय अधिकार माग्दै बिभिन्न क्षेत्रमा भएको आन्दोलनबाट प्रभावित भएर प्रदिप यादव २०६४ सालमा तत्कालीन मधेसी जनअधिकार फोरममा प्रवेश गर्नुभएको हो । उहाँ अहिले संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष हुनुहुन्छ । https://www.facebook.com/pradip.yadav.10
थप उम्मेद्‌वारहरू