उम्मेदवार
अनिल कुमार रुगंटा नेपाली कांग्रेस
पर्साका कांग्रेस नेता अनिलकुमार रुगंटाको जन्म २०२५ सालको पुसमा आदर्शनगर वीरगंजमा भएको हो । स्कुल तहको शिक्षा श्री त्रिभुवन हनुमान मावि वीरगंजबाट पूरा गरेका रुगंटाले ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजबाट व्यवस्थापनमा स्नातक तह पास गर्नुभएको छ । २०४२ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका रुगंटा लामो समय नेपाली कांग्रेसमा सक्रिय हुनुभयो । तराईमा कांग्रेसले गरेका सबैजसो आन्दोलनमा रुगंटाको सहभागिता थियो । उहाँ २०७० सालको चुनावमा समानुपातिक सांसद हुनुभएको थियो । उहाँ अहिले केन्द्रीय आर्थिक विभागको सदस्य हुनुहुन्छ । https://www.facebook.com/anil.rungta.14
थप उम्मेद्‌वारहरू