उम्मेदवार
बिमल प्रसाद श्रीवास्तव संघीय समाजवादी फोरम, नेपाल
बिमल प्रसाद श्रीवास्तव तराईका पुराना नेता हुनुहुन्छ । हरेक चुनावमा पार्टी परिवर्तन गरेर चर्चामा आइरहने नेता श्रीवास्तव २००६ सालको मंसिरमा वीरगंजको आदर्शनगरमा जन्मिनुभएको हो । उहाँले श्री जुद्धमावि रौतहटबाट एसएलसी पास गर्नुभएको छ । ठाकुरराम बहुमुखी क्याम्पसबाट उहाँले व्यवस्थापनमा स्नातक गर्नुभएको छ । २०२७ सालदेखि राष्ट्रवादी विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका श्रीवास्तव २०३४ सालमा वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०३८ सालदेखि ०४४ सालसम्म प्रधानपञ्च हुनुभयो । २०५४ सालमा वीरगंज उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका श्रीवास्तव २०७४ सालको स्थानीय तहको चुनावमा वीरगंजको मेयरमा पराजित हुनुभएको थियो । २०७४ सालको स्थानीय तहको चुनावको मनोनयनको अघिल्लो दिन राजपा छाडेर नेपाल लोकतान्त्रिक फोरम प्रवेश गरेका विमल श्रीवास्तव २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभाको मुखैमा संघीय समाजवादी फोरममा प्रवेश गरेर टिकट पाउनुभएको हो । https://www.facebook.com/bimal.shreewastav.3?fref=mentions
थप उम्मेद्‌वारहरू