उम्मेदवार
नेकपा माओवादीका नेता महमद सलिम मन्सुरको जन्म २०१६ सालमा पर्साको जगरनाथपुरमा भएको हो । बुवा जसवाल मिया मन्सुर र आमा जिनती खातुनका छोरा महमदका ५ छोरा र २ छोरी छन् । बुबा जसवाल जगरनाथपुरको प्रधानपञ्च हुनुहुन्थ्यो । जसका कारण महमद सानैदेखि सामाजिक काममा सक्रिय हुनुभयो । २०४९ सालमा तत्कालीन जगरनाथपुर गाविसको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका मन्सुर विजयी हुनु भएको थियो । २०५४ सालमा पनि उहाँले स्वातन्त्रबाटै गाविस अध्यक्षमा उम्मेदवार बनेर चुनाव जित्नुभयो । संसदीय चुनावमा भने नेपाली कांग्रेसलाई सहयोग गर्दै आएका महमद पहिलो पटक २०६६ सालको पुस ११ गते माओवादीमा प्रवेश गर्दै पार्टीको राजनीतिमा लाग्नुभयो । २०७० सालको चुनावमा टिकट दावी गरेपनि यो क्षेत्रबाट उर्मिला अर्याल उठेपछि उहाँले टिकट पाउनु भएन । पहिलो पटक संसदीय चुनावको उम्मेदवार बनेका महमदले एसएलसीसम्म अध्ययन गर्नुभएको छ । उहाँ वीरगञ्जको आशा हस्पिटलको सञ्चालक समेत हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू