उम्मेदवार
अजय कुमार चौरसिया नेपाली कांग्रेस
अजय कुमार चौरासियाको जन्म २०२१ सालको माघमा अपमरपट्टी पर्सामा भएको हो । उहाँले श्री माइस्थान विद्यापिठ वीरगंजबाट एसएलसीसम्मको अध्ययन गर्नुभएको छ । भारतबाट स्नातक गरेका चौरासिया २०४५ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा लाग्नुभएको हो । उहाँ २०४८ सालमा सद्भावना पार्टीबाट उम्मेदवार बन्नुभएको थियो । तर २०५१ सालमा भने फेरि कांग्रेसमै फर्किएर चुनाव लडेर विजयी हुनुभएको थियो । उहाँ २०५६ सालमा पनि पर्साबाटै सांसद बन्नुभएको थियो । अजय कुमार चौरासिया २०५८ सालमा स्थानीय विकास सहायकमन्त्री बन्नुभएको थियो । उहाँ अहिले नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ । https://www.facebook.com/ajau.chaurasia
थप उम्मेद्‌वारहरू