उम्मेदवार
राजपाका नेता लक्ष्मणलाल कर्णको जन्म २००३ सालको चैत १५ गते भएको हो । उहाँले कानुन र शिक्षा संकायमा स्नातक गर्नु भएको छ । सद्भावना परिषदको सचिव भएर २०४० सालमा राजनीति सुरु गरेका कर्णले अहिलेसम्म प्रत्यक्ष चुनाव जित्न सक्नु भएको छैन । पर्सा क्षेत्र नं १ बाट २०४८ र २०५६ सालको चुनावमा उहाँ पराजित हुनुभयो । त्यसपछि २०६४ र २०७० सालको चुनावमा उहाँ प्रत्यक्षतर्फबाट उम्मेदवार बन्नु भएन । तर दुवै पटक समानुपातिकतर्फबाट सभाषद बन्नुभयो । माधव नेपाल नेतृत्वको सरकारमा १४ महिना विनाविभागीय मन्त्री भएका कर्ण सद्भावना पार्टीको निरन्तर उपाध्यक्ष बन्नुभयो । मधेसवादी दलको एकतासँगै राजपामा आवद्ध भएका नेता कर्णले फेरि प्रत्यक्ष तर्फको प्रतिस्पर्धा रोज्नु भएको हो ।
थप उम्मेद्‌वारहरू