उम्मेदवार
नेपाली कांग्रेसका नेता रमेश रिजालको जन्म २०१३ साल असोज महिनामा पर्साको मटियानी गाविसमा भएको हो । उहाँका बुवाको नाम मेघराज उपाध्याय र आमाको नाम शान्तादेवी उपाध्याय हो । उहाँको एक छोरा र एक छोरी छन् । उहाँले वाणिज्यशास्त्रमा स्नातक गर्नुभएको छ । रिजाल २०२८ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा लाग्नुभएको हो । पारिवारिक पृष्ठभूमीले उहाँलाई कांग्रेसको राजनीतिमा लाग्न प्रेरित गरेको थियो । नेविसंघका बिभिन्न कमिटीमा काम गर्दै जाने क्रममा २०३३ सालमा उहाँ नेपाली कांग्रेस पर्साको जिल्ला सचिव बन्नुभयो । त्यसपछि २०५० देखि ०५२ सालसम्म उहाँ नेपाली कांग्रेस पर्साको जिल्ला सभापति हुनुभयो । उहाँ २०४८, २०५१ र २०५६ को आमचुनावमा पर्सा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्नुभएको थियो । ०४८ र ०५१ मा निर्वाचित भएपनि ०५६ सालको चुनावमा भने उहाँ पराजित हुनुभयो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा उहाँ पर्सा क्षेत्र नम्बर ५ बाट विजयी हुनुभयो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका रिजाल २०७० सालको चुनावमा भने यही क्षेत्रमा पराजित हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू