उम्मेदवार
यज्ञ बहादुर थापा नेपाली कांग्रेस
यज्ञ बहादुर थापाको जन्म २०१४ सालको भदौ महिनामा लेखनाथको राखिडाँडामा भएको हो । गाउँकै स्कुलबाट एसएलसीसम्मको पढाइ पूरा गरेका थापाले पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक तह पास गर्नुभएको छ । २०३२ सालमा नेपाल विद्यार्थी संघ कास्कीको सचिव भएका थापा २०७० सालको चुनावमा कास्की क्षेत्र नम्बर १ बाट १५ हजार मतसहित विजयी हुनुभएको थियो । कास्की कांग्रेसका जिल्ला कार्यसमिति सभापतिसमेत भैसकेका थापा २०७४ सालको साउनदेखि कानुनमन्त्री हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू