उम्मेदवार
व्यवस्थापनमा स्नातकोत्तर उत्र्तीण रविन्द्रप्रसाद अधिकारीको जन्म वि.सं. २०२६ साल वैशाख २२ गते भरतपोखरी ९, कास्कीमा भएको हो । बुबा ईन्द्रप्रसाद र आमा लक्ष्मी अधिकारीबाट जन्मिएका रविन्द्र अधिकारीका दुई छोरा छन् । उहाँले अनेरास्ववियुबाट राजनीति सुरु गर्नुभएको हो । २०६४ सालको संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर ३ बाट विजयी अधिकारीले १३ हजार ३ सय ८६ मत प्राप्त गर्नुभएको थियो । यस्तै उहाँ २०७० सालको चुनावमा पनि १३ हजार १ सय १० मत ल्याएर विजयी हुनुभएको थियो । अधिकारीले संविधानसभामा र रुपान्तरित संसदमा विकास समितिको सभापति हुनुभएको थियो । युवा सभासदका रुपमा संविधानसभामा सक्रिय भूमिका खलेका कारण अधिकारी सधै चर्चामा रहने नेता मध्येमा पर्नुहुन्छ ।
थप उम्मेद्‌वारहरू