उम्मेदवार
नेकपा एमाले तनहुँका जिल्ला अध्यक्ष केदार सिग्देलको जन्म २०२० सालको असोज ५ गते भिमाद –१, मा भएको हो । उहाँले कानुनमा स्नातक र राजतीति शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । सिद्वार्थ माविबाट एसएलसी गरेका सिग्देलले पृथ्वीनारायण क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभयो । नेपाल ल क्याम्पसबाट स्नातक र त्रिभुवन विश्व विद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नु भएको हो । २०४३ सालदेखि २०४५ सालसम्म दलभद्र निमावि र चन्द्रज्योती मावि घिरिङमा अध्यापन गराउनु भएको थियो । त्यसपछि शिक्षण पेशा छाडेर २०४७ सालमा उहाँ नेकपा एमालेमा आवद्ध हुनुभयो । तर फेरि २०५० सालमा पूरानै पेशामा फर्किनुभयो र पृथ्वी माविमा पढाउन थाल्नुभयो । दोश्रो पटक शिक्षण पेशा छाडेर राजनीतिमा फर्किएका सिग्देल दुई पटक एमाले जिल्ला कार्यसमितिको उपसचिव भैसक्नु भएको छ । हाल उहाँ दोश्रो पटक नेकपा एमाले तनहुँको अध्यक्ष हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू