उम्मेदवार

राजु थापाको जन्म वि.सं.२०३५ साल असोज ९ गते पुतलीबजार नगरपालिका वडा नम्वर ६, स्याङ्जामा भएको हो । उहाँका बुवाको नाम फत्तबहादुर र आमाको नाम डिलकुमारी थापा हो । उहाँले काजिमान हिरिटिका माविबाट एसएलसी सम्मको शिक्षा लिनुभएको छ । थापाले पृथ्वीनारायण क्याम्पस पोखराबाट विज्ञान संकायबाट प्रमाणपत्र तह उत्तीर्ण गर्नु भएको छ । उहाँ २०४६ सालको जनआन्दोलबाट राजनीतिमा प्रवेश गर्नु भएको हो । हाल उहाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ २०७० सालको चुनावमा १६ हजार ६ सय ९९ मत ल्याएर विजयी हुनुभएको हो ।

थप उम्मेद्‌वारहरू