उम्मेदवार
नारायण प्रसाद मरासिनीको जन्म बि.सं २०२४ साल पौष ३ गते पुतलीबजार नगरपालिका वडा नम्बर १ स्याङ्जामा भएको हो । उहाँका बुबाको नाम दण्डपाणी र आमाको नाम हरिकला उपाध्याय हो । त्रिभुवन आदर्श माविबाट एसएलसीसम्मको अध्ययन सकेका मरासिनीले त्रिभुवन विश्वविद्यालयबाट विज्ञान संकायबाट स्नातकोत्तर गर्नुभएको छ । उहाँ ०३६ सालदेखि नेकपा मालेको विद्यार्थी संगठन अनेरास्ववियू पाँचौबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । मरासिनी ०४७ देखि ०४९ सालसम्म प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, स्याङ्जाको सचिवालय सदस्य हुनुहुन्थ्यो । ०४८ सालमा उहाँ नेकपा एमाले स्याङ्जा काठमाडौ सम्पर्क मञ्चको सचिव हुनुहुन्थ्यो । मरासिनी २०६७ साल देखि हालसम्म नेकपा एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुनुहुन्छ । उहाँ २०७० सालको चुनावमा स्याङ्जाबाट पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू