उम्मेदवार
नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्णराज विष्टको जन्म वि.स.२०२२ साल असार १७ गते गुल्मी जिल्लाको दोहली गाविस ३ मा भएको हो । भीमबहादुर विष्ट र चिन्तकला बिष्टका छोरा गोकर्णराज बिष्टले २०३५ सालदेखि राजनीति सुरु गर्नुभएको हो । २०४० सालमा लोकसेवा आयोगमा नाम निकालेका बिष्ट तत्कालीन अञ्चलाधीश काजीमान कन्दङ्वासँग जागिरको पहिलो दिन नै विवाद परेपछि सरकारी जागिर छोडेर राजनीतिमा सक्रिय भएर लाग्नुभएको थियो । २०४३ सालमा पार्टी सदस्यता लिएका बिष्ट अनेरास्ववियूको काठमाडौं र वागमती अञ्चल अध्यक्ष, केन्द्रीय समितिमा संगठन विभाग, शैक्षिक विभाग, रचनात्मक विभाग, प्रचार प्रसार विभाग प्रमुख भएर काम गर्नुभयो । उहाँ २०५० सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ नेपाल) को केन्द्रीय कमिटीमा रहेर काम गर्नुभयो । ०५३ मा प्ररायूसंघको महासचिव बनेका बिष्ट २०५७ देखि दुई कार्यकाल त्यसको अध्यक्ष हुनुभयो । हाल नेकपा एमालेको केन्द्रीय सदस्य रहेका बिष्ट पार्टीको बुद्धिजीवि परिषदको ईन्चार्ज हुनुहुन्छ । बिष्टले पार्टीको स्थानीय विभाग, विद्यार्थी र युवा फाँटको ईञ्चार्ज भएर समेत काम नेकपा एमालेका केन्द्रीय सदस्य गोकर्णराज विष्टको जन्म वि.स.२०२२ साल असार १७ गते गुल्मी जिल्लाको दोहली गाविस ३ मा भएको हो । भीमबहादुर विष्ट र चिन्तकला बिष्टका छोरा गोकर्णराज बिष्टले २०३५ सालदेखि राजनीति सुरु गर्नुभएको हो ।
थप उम्मेद्‌वारहरू