उम्मेदवार
चन्द्र बहादुर के.सी नेपाली कांग्रेस
चन्द्र केसी नेपाली कांग्रेस गुल्मीका पुराना नेता हुनुहुन्छ । उहाँको जन्म २०१३ सालमा गुल्मीको रेसुङ्खा नगरपालिका वडा नम्बर ३ भाडगाउँमा भएको हो । उहाँले कानुनमा स्नातक गर्नुभएको छ । २०२९ सालमा नेपाल विद्यार्थी संघ गुल्मीको सचिव भएदेखि उहाँ सक्रिय राजनीतिमा लागिरहनुभएको छ । उहाँ २०६६ सालदेखि २०७१ सालसम्म नेपाली कांग्रेस गुल्मीको पार्टी सभापति हुनुभएको थियो । विभिन्न आन्दोलनका क्रममा उहाँ ३ वर्ष जेल पनि बस्नुभएको छ । २०४९ सालदेखि २०५४ सालसम्म केसी जिल्ला विकास समितीको सभापती हुनुभएको थियो । २०५६ सालको चुनावमा उहाँ एमालेका नेता प्रदिप ज्ञवालीसँग गुल्मी क्षेत्र नंबर २ बाट पराजित हुनुभएको थियो । अहिलेको चुनावमा केसी नेकपा एमालेका चर्चित नेता गोकर्ण बिष्टसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू