उम्मेदवार
टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्छ । २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका नेता रायमाझीले माध्यामिक तहसम्मको शिक्षा जनज्योति मावि अर्घाखाँचीबाट पूरा गर्नुभएको हो । काठमाडौंको अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक गरेका नेता रायमाझीले २०३४ सालदेखि कम्युनिष्ट राजनीति थाल्नुभएको हो । २०५२ सालदेखि भएको सशस्त्र युद्धमा नेता रायमाझी लडाकु नेता रायमाझीले ५ वर्ष भूमिगत र २ वर्ष बन्दी जीवन बिताउनुभएको छ । २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा उहाँ अर्घाखाँची १ बाट सांसद बन्नुभएको थियो । उहाँ उपप्रधानमन्त्री सहित विभिन्न सरकारमा ४ पटक मन्त्री भैसक्नुभएको छ ।
थप उम्मेद्‌वारहरू