उम्मेदवार
नेकपा एमालेका उपमहासचिव तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको जन्म २०१६ साल मंसिर १५ गते पुतलीबजार, स्याङ्जामा भएको हो । देविलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलले माध्यमिक तहसम्म पढ्नु भएको छ । पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय हुनुभएको हो । पौडेल २०६४ सालको संविधानसा चुनावमा पनि रुपन्देही क्षेत्र नम्बर ४ बाटै विजयी हुनुभएको थियो । पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारको जलश्रोत मन्त्री हुनु भयो । २०३७ सालमा ३ वर्ष राजकाजको मुद्धा खेपेका पौडेल ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रम पछि जेल विद्रोह गर्नुभएको थियो । २०५१ सालमा प्रतिनिधिसभा सदस्य समेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू