उम्मेदवार
नेकपा एमालेका उपमहासचिव घनश्याम भुषालको जन्म २०१८ साल भदौ २६ गते स्याङजाको पिडीखोलामा भएको हो । जगन्नाथ भुषाल र झविसरा भुषालका छोरा घनश्यामका १ छोरा र १ छोरी छन् । उहाँले समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । २०७० सालको चुनावमा उहाँ यही क्षेत्रबाट पराजित हुनु भएको थियो । २०३४ सालदेखि राजनीतिमा लागेका भुषालले २०३७ देखि २०४६ सालसम्म पटक पटक गरेर झण्डै तीन वर्ष जेल जीवन विताउनुभयो । झलनाथ खनाल प्रधानमन्त्री भएका बेला उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सम्बन्धी मन्त्री पनि बन्नु भएको थियो । २०५१ सालको मध्यावधि चुनावमा भुषाल रुपन्देहीबाट विजयी हुनुभएको थियो । उहाँ नेकपा एमालेमा युवा विचारकका रुपमा परिचित हुनुहुन्छ । उहाँले ‘नेपालको अर्थराजनीति’ का साथै ‘आजको माक्र्सवाद र नेपाली क्रान्ति’ शीर्षकको पुस्तक पनि लेख्नु भएको छ ।
थप उम्मेद्‌वारहरू