उम्मेदवार
पूर्व शिक्षामन्त्री तथा राजपा नेता सर्वेन्द्रनाथ शुक्लाको जन्म २००६ साल पुस १५ गते फरेना –८, जिगिना रुपन्देहीमा भएको थियो । २०६६ सालमा शिक्षामन्त्री भएका शुक्लाले मेकानिकल इन्जिनियरिङमा स्नातक गर्नुभएको छ । २०४७ सालमा कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उहाँ हाल राष्ट्रिय जनता पार्टी (राजपा) को वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । २०५१ सालमा रुपन्देही –५, बाट प्रतिनिधिसभा सदस्य र २०७० सालमा रुपन्देही –६, बाट संविधानसभा सदस्यमा निर्वाचित शुक्ला हाल सिद्वार्थनगर नगरपालिका –६, भैरहवामा बसोबास गर्दै आउनु भएको छ ।
थप उम्मेद्‌वारहरू