उम्मेदवार
२०३७ सालबाट सक्रिय राजनीतिमा लागेका डिलाराम आचार्यको जन्म २०१८ साल असोज १८ गते अर्घा –३, अर्घाखाँचीमा भएको हो । सामान्य लेखपढ गरेका आचार्य २०५६ सालको प्रतिनिधि सभाको चुनावमा अर्घाखाँची –१, बाट निर्वाचित हुनुभएको थियो । राष्ट्रिय जनमोर्चाको महासचिवसमेत बनेका आचार्यपछि माओवादीमा प्रवेश गर्नु भएको हो । माओवादीमा प्रवेश गरेलगत्तै उहाँ पोलिटब्यूरो सदस्य बन्नुभएको थियो । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य रहेका आचार्य हाल बुटवल –११, रुपन्देहीमा बसोबास गर्दै आउनु भएको छ ।
थप उम्मेद्‌वारहरू