उम्मेदवार
नेपाली कांगे्रसका महासमिति सदस्य भरतकुमार शाहको जन्म २०११ साल साउन ८ गते सल्यानको खलङ्गामा भएको हो । उहाँका बाबुको नाम लोकबहादुर शाह र आमाको नाम तारा शाह हो । उहाँका २ छोरा बाबु भरतले व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएको छ । २०७० सालको चुनावमा यसै क्षेत्रबाट १४ हजार २ सय ७४ मत ल्याएर उहाँ विजयी हुनु भएको थियो । २०२७ सालमा नेविसंघ दाङ जिल्ला सदस्यको रुपमा राजनीति थालेका शाह नेपाली कांग्रसको महासमिति सदस्य हुनुहुन्छ । २०५६ सालको संसदीय चुनावमा रुपन्देहीको तत्कालीन क्षेत्र नम्बर ४ बाट सांसदमा निर्वाचित भएका शाह २०५८–५९ सालमा अर्थ राज्यमन्त्री पनि हुनुभयो । त्यसअघि उहाँले रुपन्देही जिल्ला विकास समितिको सदस्यको रुपमा पनि काम गर्नुभएको थियो । भैरहवामा व्यापार व्यवसायमा संलग्न शाह सिद्धार्थ कार्डबोर्ड उद्योग भैरहवा, लुम्बिनी पल्भ, सिद्धार्थ ड्रिङ्किङ वाटरलगायत उद्योगको सञ्चालक पनि हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू