उम्मेदवार
सुरेन्द्र राज आचार्य नेपाली कांग्रेस
नेपाली कांग्रेस कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यको जन्म २०१५ साल वैशाख १ गते कास्कीको भरतपोखरी १ मा भएको हो । युवराज र प्रभाका छोरा सुरेन्द्रले स्नातक तहसम्म अध्ययन गर्नु भएको छ । भारतको वनारसबाट एसएलसी गरेका आचार्यले शंकरदेव क्याम्पस काठमाडौंबाट स्नातक गर्नुभयो । २०७० सालको चुनावमा विजयी आचार्य २०७३ सालमा सिंचाई राज्यमन्त्री हुनुभएको थियो । २०३३ सालमा भारतको वनारसमा रहँदा नेपाली कांग्रेस निकट विद्यार्थी संघबाट राजनीति सुरु गर्नु भएको थियो । आचार्य बुद्धभूमि नगरपालिका रनगाई कपिलवस्तुमा बस्दै आउनु भएको छ ।
थप उम्मेद्‌वारहरू