उम्मेदवार
मंगल प्रसाद गुप्ताको जन्म २००२ सालको वैशाखमा कृष्णनगरमा भएको हो । उहाँले व्यवस्थापनमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ । भारतको सिद्धार्थनगरबाट एसएलसी गरेका गुप्ताले भारतको लखनउबाट स्नातक र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको हो । २०२२ सालमा नेपाल युथ अर्गनाइजेशनको केन्दीय सदस्य भएर विद्यार्थी राजनिति सुरु गरेका गुप्ता पंचायतको राजनीतिमा पनि सक्रिय हुनुभयो । २०४६ सालको जनआन्दोलनपछि नेपाली कांग्रेस प्रवेश गरेर २०४८, २०५२ र २०५६ को चुनावमा उम्म्दवार बनेका गुप्ता पराजित हुनुभयो । मधेश आन्दोलनसँगै त्यतै लागेका गुप्ता २०७० सालको चुनावमा तमलोपाबाट उम्मेदवार बन्नु भएको तर पराजित हुनुभयो । यस पटक उहाँ संघीय समाजवादी फोरमबाट उम्मेदवार बन्नु भएको हो ।
थप उम्मेद्‌वारहरू