उम्मेदवार
ईश्वर दयाल मिश्र स्वतन्त्र
ईश्वरदयाल मिश्रको जन्म २०२३ सालको जेठ २९ गते भएको हो । उहाँ २०६४ सालको पहिलो संविधान सभा चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीबाट विजयी हुनु भएको थियो । कपिलवस्तुको बहादुरगंजको रामगोरखा उच्च माविबाट उहाँले एसएलसी गर्नु भएको हो । मिश्र २०४९ सालको स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसका तर्फबाट गाविस अध्यक्षमा निर्वाचित हुनु भएको थियो । तर २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका मिश्र २०६२/०६३ सालको जनआन्दोलन पछिको मधेश आन्दोलनमा सहभागी हुँदै तराई मधेश लोकतान्त्रिक पार्टीमा लाग्नु भएको थियो । पछि राजपामा लागेका नेता मिश्र अहिले एमालेको चुनाव चिन्हमा उम्मेदवार बन्नु भएको हो ।
थप उम्मेद्‌वारहरू