उम्मेदवार
अभिषेक प्रताप शाह नेपाली कांग्रेस
२०३९ साल असोज १९ गते कृष्णनगर –२, कपिलवस्तुमा जन्मिएका अभिषेक प्रताप साहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०६३ सालको पुनःस्थापित संसदको सदस्यको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति थाल्नु भएको हो । बुवा अजयप्रताप साह र आमा सरोजका छोरा अभिषेकले वाणिज्य संकायबाट स्नातक गर्नुभएको छ । उहाँले भारतस्थित गोरखपुर विद्यालयबाट एसएलसी र भारतकै लखनऊ कलेजबाट स्नातक सम्मको अध्ययन गर्नुभएको हो । साह २०६४ सालको संविधानसभा चुनावमा तराई मधेस लोकतान्त्रिक पार्टीका मञ्जुर अहमदलाई पराजित गर्दै विजयी हुनु भएको थियो । २०७० सालको चुनावमा पनि ८ हजार ५ सय ५७ मत ल्याएर विजयी हुनुभयो । २ पटक संविधानसभा चुनावमा विजयी भए पनि अहिले सम्म मन्त्री भने हुनुभएको छैन । १ महिना अघि संघीय समाजवादी फोरमको उपमहासचिव पदबाट राजीनामा गरी नेपाली कांग्रेस प्रवेश गरेका साह हाल कृष्णनगर नगरपालिका कृष्णनगरमा बसोबास गर्दै आउनु भएको छ ।
थप उम्मेद्‌वारहरू