उम्मेदवार

दुर्गा पौडेल राष्ट्रिय जनमोर्चाकी नेतृ हुनुहुन्छ । पौडेलको जन्म २०२८ साल असोज ६ गते कपिलवस्तुको निग्लिहवा –२, मा भएको हो । उहाँको बुवाको नाम विष्णुप्रसाद पौडेल र आमाको नाम बुद्धदेवी पौडेल हो । स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरेकी पौडेलले २०४१ सालदेखि कम्युनिष्ट राजनीति सुरु गर्नुभएको हो । उहाँ राष्ट्रिय जनमोर्चाको चौथो महाधिवेशनबाट अखिल नेपाल महिला संघको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । दुर्गा पौडेल अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता हुुनुहुन्छ । उहाँले २०५७ सालमा तत्कालीन नेकपा मसालका अध्यक्ष मोहनविक्रम सिंहसँग विवाह गर्नुभएको थियो । ६० वर्ष पार गरेका नेतासँग विवाह गरेको भनेर उहाँहरुको विवाहको आलोचना पनि भएको थियो । दुर्गा पौडेल २०५६ सालको चुनावमा कपिलवस्तुबाट चुनाव लडे पनि पराजित हुनुभएको थियो । यस्तै उहाँ २०६४ सालको पहिलो संविधानसभा चुनावमा काठमाण्डौं १० बाट पराजित हुनुभएको थियो । २०७० सालको चुनावमा उहाँ समानुपातिकबाट सभासद बन्नुभएको हो । अहिले उहाँ वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएको हो ।

थप उम्मेद्‌वारहरू