उम्मेदवार
शुशिला चौधरी नेपाली कांग्रेस
२०७० सालको संविधानसभा चुनावमा दाङ क्षेत्र नं १ बाट विजयी सुशीला चौधरीको जन्म २०२५ सालमा दाङको राप्ती गाउँपालिकामा भएको हो । उहाँले कक्षा १० सम्म पढ्नु भएको छ । सरस्वती मावि गोवरडिहामा कक्षा ८ सम्म पढेकी चौधरीले ९ र १० कक्षा सर्वाेदय माविमा पढ्नुभयो । स्कूल पढ्दादेखि नै राजनीतिमा चासो राख्ने चौधरीले २०५२ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिनुभएको थियो । कांग्रेसको १२ औं र १३ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित चौधरी दाङ क्षेत्र नं १ बाट दोश्रो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँको हालको बसोबास पनि दाङको राप्ती गाउँपालिका ८ पिपरीमा छ ।
थप उम्मेद्‌वारहरू