उम्मेदवार
२०७० सालको चुनावमा दाङ क्षेत्र नं ३ बाट विजयी राजु खनाल क्षेत्र हेरफेर भएसँगै अहिले क्षेत्र नं २ बाट उम्मेदवार बन्नु भएको हो । उहाँको जन्म दाङको घोराही उपमहानगरपालिका १५ भरपुरमा २०२३ साल असार २८ गते भएको हो । खनालले राजनीति शास्त्रमा स्नातक उत्तीर्ण गर्नु भएको छ । प्राथमिक तह बालबिकास प्रावि ढोडेनी दाङमा पढेका खनालले पद्मोदय पब्लिक नमूना मावि भरतपुरबाट एसएलसी पास गर्नु भएको हो । त्यसभन्दा माथिको अध्ययन उहाँले महेन्द्र बहुमुखी क्याम्पस भरतपुर दाङमा गर्नुभयो । २०४२ सालमा सत्याग्रह आन्दोलनबाट राजनीतिमा होमिएका खनाल त्यतिबेला महेन्द्र बहुमुखी क्याम्पसको इकाई सदस्य हुनुभयो । २०४३ सालमा त्यही क्याम्पसको स्ववियु कोषाध्यक्ष हुनुभयो भने दुई कार्यकाल नेपाल विद्यार्थी संघ दाङको अध्यक्ष हुनुभयो । दुई कार्यकाल नेविसंघको केन्द्रीय सदस्य र एक कार्यकाल नेविसंघको केन्द्रीय कोषाध्यक्ष हुनुभयो । उहाँको हालको बसोबास घोराही उपमहानगरपालिका १५ भरपुर, दाङमै छ ।
थप उम्मेद्‌वारहरू