उम्मेदवार
दिपक गिरी योसँगै चौथो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यसअघि २०५१ साल र २०६४ सालमा पराजित गिरी २०७० सालको चुनावमा भने विजयी हुनु भएको थियो । उहाँको जन्म २०१८ साल चैत ३ गते हेकुली सकुदेवामा भएको हो । उहाँले इतिहासमा स्नातकोत्तर गर्नु भएको छ । सेन्स जेभिएर काठमाडौंमा कक्षा ५ सम्म पढेका गिरीले महेन्द्र मावि तुल्सीपुर, दाङबाट एसएलसी पास गर्नुभयो । भारतको लखनउबाट प्रविणता प्रमाणपत्र तह र त्रिचन्द्र क्याम्पस काठमाडौंबाट स्नातक गर्नुभयो । स्नातकोत्तर भने त्रिभुवन विश्व विद्यालयबाट गर्नु भएको हो । २०३४ सालमा दाङलाई चार ठाउँमा बिभाजन गरिएका बेला उहाँ पश्चिम क्षेत्रमा कांग्रेसको सभापति हुनु भएको थियो । २०३६ सालमा गिरी नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । उहाँ त्रिभुवन विश्व विद्यालयको स्ववियु महासचिव समेत हुनु भएको थियो । २०५१ र २०६४ को चुनावमा पराजित भएका गिरी २०७० सालको दोस्रो संविधानसभा चुनावमा भने दाङ क्षेत्र नं ३ बाट विजयी हुनु भएको थियो ।
थप उम्मेद्‌वारहरू