उम्मेदवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपककुमार शाहीले मानविकी संकायबाट स्नातकोत्तर गर्नु भएको छ । उहाँको जन्म २०२८ साल पुस ३० गते भगवतीमाई गाउँपालिका ७ बडाभैरव, दैलेखमा भएको हो । हाल नारायण नगरपालिका १ दैलेखबजार बस्दै आएका शाहीले त्रिभुवन उच्च मावि दैलेख बजारबाट माध्यमिक शिक्षा हासिल गर्नु भएको हो । यस्तै उहाँले शंकरदेव क्याम्पस काठमाडौंबाट आइकम, महेन्द्रमुखी क्याम्पस नेपालगञ्जबाट स्नातक र त्रिचन्द्र कलेज काठमाण्डौंबाट स्नातकोत्तर गर्नु भएको छ । २०४५ सालमा शंकरदेव क्याम्पसमा नेमकिपाको भ्रातृ संगठन नेक्राविसंघको सदस्य बनेका शाही २०४९ सालमा नेपाल शिक्षक संगठनको जिल्ला सदस्य हुनुभयो । २०६३ सालमा नेकपा एमालेको सदस्यता लिएका शाही २०७१ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनु भएको थियो । २०७४ सालको स्थानीय तहको चुनावमा एमाले बिरुद्ध गतिविधि गरेको आरोपमा शाहीको सदस्यता खारेज भएको थियो । २०७४ साल वैशाखमा राप्रपामा प्रवेश गरे लगत्तै राप्रपा केन्द्रीय सदस्य बनेका उहाँ यसपटक उम्मेदवार समेत हुनुभएको छ ।
थप उम्मेद्‌वारहरू