उम्मेदवार
राजबहादुर बुढाक्षेत्री नेपाल कम्युनिष्ट पार्टी (एमाले)
२०६४ सालको संविधानसभा चुनावमा दैलेख क्षेत्र नं. २ बाट सभासद निर्वाचित भएका राजबहादुर बुढाक्षेत्रीको जन्म २०२३ साल असार ३ गते चामुण्डाबिन्द्रासैनी नगरपालिका ६ जम्बुकाँध, दैलेखमा भएको हो । राजबहादुरले विज्ञान संकायमा स्नातकोत्तर गर्नु भएको छ । विजया मावि दुल्लु बजारबाट माध्यमिक शिक्षा हासिल गरेका बुढाले सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरबाट उच्चमाध्यमिक शिक्षा, अमृत साइन्स क्याम्पस काठमाण्डौबाट स्नातक र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नातकोत्तर गर्नु भएको हो । २०३९ सालमा विजया मावि दुल्लुमा नेमकिपाको नेक्राविसंघको अध्यक्ष भएका राजबहादुर २०४२ सालदेखि २०४४ सालसम्म सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा नेक्राविसंघको उपाध्यक्ष हुनु भएको थियो । २०४६ सालमा अमृत साइन्स क्याम्पस काठमाण्डौं नेक्राविसंघको अध्यक्ष, २०५० देखि २०५८ सालसम्म नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष, २०६० देखि २०६३ सालसम्म नेकपा एमाले जिल्ला कमिटी उपसचिव, २०६६ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य, २०६८ देखि २०७१ सालसम्म नेकपा एमाले भेरी अञ्चल कमिटी सदस्य र २०७१ सालमा नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । बुढाको हालको बसोबास पनि चामुण्डाबिन्द्रासैनी नगरपालिका ६ जम्बुकाँध, दैलेखमा छ ।
थप उम्मेद्‌वारहरू