उम्मेदवार
दैलेखबाट पहिलो पटक मन्त्री मण्डलमा परेका शिवराज जोशीको जन्म २००७ साल साउन १२ गते आठबीस नगरपालिका १ सात्तला, दैलेखमा भएको हो । स्नातक तहसम्म अध्ययन गरेका जोशीले माध्यमिक तह भने बडलम्जिबाट मणराज आचार्य र गढवालका एक जना शिक्षक झिकाएर पढ्नु भएको थियो । उहाँले बहराइच महाराज इण्टर कलेजबाट माध्यमिक तह, गभर्मेन्ट इण्टरमिडियट कलेजबाट उच्च शिक्षा र त्रिचन्द्र कलेज काठमाडौंबाट स्नातक पास गर्नु भएको छ । २०२४ सालमा नेविसंघमा आवद्ध भई राजनीतिक यात्रा सुरु गरेका जोशीले २०३६ सालमा नेपाली कांग्रेसको संस्थापक जिल्ला सभापति, २०५३ सालदेखि २०७२ सालसम्म नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य निर्वाचित हुनु भएको थियो । तर २०७२ सालको महाधिवेसनमा भने उहाँ प्रतिनिधि नै छुटेपछि कुनै पदमा रहनु भएन । २०५६ सालमा दैलेख–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डलमा श्रम तथा यातायात राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको थियो । उहाँ दैलेख जिल्लाबाटै पहिलो राज्यमन्त्री हुनु भएको थियो । जोशीको हालको बसोबास काठमाडौंको बानेश्वरमा छ ।
थप उम्मेद्‌वारहरू