उम्मेदवार
सुर्खेत एमालेका नेता नवराज रावतको जन्म २०२० सालको पुसमा अछामको मष्टवण्डलीमा भएको हो । जनता मावि विद्यापुर सुर्खेतबाट एसएलसी पास गरेका नेता रावत हाल बाबियाचौर सुर्खेतमा बस्नुहुन्छ । २०३६ सालमा अनेरास्ववियूको साधारण सदस्य हुँदै राजनितिक यात्रा सुरु गरेका रावत २०५४ सालमा जिल्ला विकास समिति सुर्खेतको सभापति बन्नुभएको थियो । उहाँ २०६६ सालमा नेकपा एमाले सुर्खेतको जिल्ला अध्यक्ष हुनुभएको थियो । नवराज रावत अहिले नेकपा एमाले ६ नम्बर प्रदेशको सचिव हुनुहुन्छ । उहाँ २०६४ सालको पहिलो संविधानसभाको चुनाव र २०७० सालमा भएको दोस्रो संविधानसभाको चुनावमा पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू