उम्मेदवार
नेपाली कांग्रेसका नेता बादशाह कुर्मीको जन्म २०१५ सालको असोज १५ गते भएको हो । २०६४ र २०७० मा समानुपातिकतर्फबाट सांसद बनेका कुर्मी यस पटक भने प्रत्यक्ष चुनावमा उम्मेदवार बन्नुभएको छ । उहाँले प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भएको छ । रामजानकी इन्टर कलेजबाट एसएलसी दिएका बादशाहले बहराईच कलेजबाट प्रविणता प्रमाणपत्र तह अध्ययन गर्नु भएको हो । २०४३ सालमा पञ्चायतबाट गाउँ पञ्चायत अध्यक्षका उम्मेदवार भएका बादशाह २०४६ सालमा नेपाली कांग्रेसको सदस्य हुनु भएको थियो । अहिले उहाँ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू