उम्मेदवार
ईश्वरी न्यौपाने नेपाली कांग्रेस
नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य ईश्वरी न्यौपाने २०७० सालको दोश्रो संविधान सभामा समानुपातिकतर्फबाट सभासद हुनु भएको थियो । २०१७ सालमा दाङको घोराहीमा जन्मिनु भएकी न्यौपानेले विद्यार्थी राजनीतिमार्फत २०३५ सालबाट राजनैतिक यात्रा सुरु गर्नुभएको हो । २०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारप्रसारमा सक्रिय रहेकी न्यौपाने २०४२ सालको सत्याग्रह र २०४६ सालको जनआन्दोलनमा विशेष रुपमा क्रियाशील हुनुहुन्थ्यो । पूर्व राजा ज्ञानेन्द्रको शासनकालमा प्रतिगमन विरोधी आन्दोलनमा सक्रिय हुँदा २०६२ सालमा उहाँ १ महिना नजरबन्दमा पर्नुभएको थियो । २०५६ सालमा नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी न्यौपाने २०५९ सालमा महिला संघको उपाध्यक्ष हुनुभयो । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक ईश्वरी न्यौपाका २ छोरा र १ छोरी छन् ।
थप उम्मेद्‌वारहरू