उम्मेदवार
सुनिल कुमार भण्डारी नेपाली कांग्रेस
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुनिल कुमार भण्डारीको जन्म २००५ सालको चैत ११ गते डोटीको निरौली जोराइलमा भएको हो । विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा चासो राख्ने भण्डारी २०२३ सालमा सुदूरपश्चिम विद्यार्थी संघको केन्द्रीय सदस्य हुनुभएको थियो । भण्डारीले भारतको कानपुर विश्वविद्यालयबाट स्नातक गर्नु भएको छ । २०२६ सालमा बनारसबाट ल्याएर नेपालमा पत्रपत्रिका वितरण गर्दा उहाँ जेल जानु परेको थियो । त्यसपछि पनि उहाँ राजनीतिबाट विचलित नभई लागि पर्नुभयो र २०३५ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य हुनुभयो । जिल्ला तहमा पार्टीका अन्य तहमा काम नगरे पनि भण्डारी पार्टीमा नेतृत्वदायी भूमिकामा रहनुभयो । २०५० सालदेखि २०५६ सालसम्म राष्ट्रिय सभाको सदस्य भएर काम गरेको अनुभव उहाँसँग छ । पार्टीको महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य भएका भण्डारीले २०५६ सालदेखि १० वर्ष नेपाली कांग्रेसको केन्द्रीय समितिमा रहेर काम गर्नुभयो । दुई कार्यकाल उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य भएर काम गरेका भण्डारीले १० वर्ष परिवार नियोजन संघको केन्द्रीय सदस्य समेत हुनु भएको थियो । अहिले उहाँको बसोबास धनगढी –५, तारानगरमा छ ।
थप उम्मेद्‌वारहरू