उम्मेदवार
आरजु राणा देउवा नेपाली कांग्रेस
नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाको जन्म २०१८ सालको माघ १३ गते ललितपुरमा भएको हो । आरजु राणा २०७० सालको चुनावमा समानुपातिकबाट सभाषद बन्नु भएको थियो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ । यसअघि कैलाली क्षेत्र नम्बर ६ रहेको यस क्षेत्रमा २०७० सालको चुनावमा शेरबहादुर देउवा १६ हजार ४ सय ८९ मत ल्याएर विजयी हुनु भएको थियो । स्थायी घर डडेलधुरा भए पनि उहाँ काठमाडौंको बुढानिलकण्ठमा बस्दै आउनु भएको छ । उहाँले भारतबाट मनोविज्ञानमा विद्यावारिधि (पीएचडी) गर्नु भएको छ । उहाँ मनोविज्ञानमा पिएचडी गर्ने प्रथम नेपाली महिला हुनुहुन्छ । आमा प्रतिभा राणाबाट प्रभावित भएर राजनीतिमा चासो दिएकी आरजुले महिलाको प्रतिनिधित्वलाई जोड दिँदै आउनु भएको छ । राजनीति बाहेक गैरसरकारी संस्था संचालनमा समेत उहाँको संलग्न छ । उहाँका एक छोरा छन् ।
थप उम्मेद्‌वारहरू