उम्मेदवार
निवर्तमान सांसद नारदमुनी रानाको जन्म २०२९ सालमा धनगढी उपमहानगरपालिका –८, मा भएको हो । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका रानाले २०४५ सालबाट राजनीति सुरु गर्नु भएको हो । २०४५ सालमा वामपन्थी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपमेयरको टिकट पाउनुभयो । नेकपा एमालेको उम्मेदवार बनेका नारदमुनी पहिलो प्रतिस्पर्धामै विजयी हुनु भएको थियो । पहिलो संविधान सभाको चुनावमा २०६४ मा नेकपा एमालेबाट सामानुपातिक सासंद बनेका नारदमुनीले यस पटक भने प्रत्यक्षकै टिकट हात पार्नु भएको हो ।
थप उम्मेद्‌वारहरू