उम्मेदवार
नेकपा माओवादी केन्द्रका केन्द्रीय खगराज भट्टको जन्म २०३१ साल पुष २ गते डडेलधुरा जिल्लाको चिपुर गाविस–६ मा भएको हो । उहाँका बुबाको नाम रामदत्त भट्ट र आमाको नाम गोमतीदेवी भट्ट हो । बिसं २०४७ सालमा नेपाल विद्यार्थी संघको सदस्य भएर राजनीतिमा लागेका भट्ट २०४७ सालमा तत्कालीन नेकपा एकता केन्द्रको सदस्य भएर कम्यूनिष्ट राजनीतिमा लाग्नुभयो । तत्कालीन नेकपा माओवादीको सशस्त्र बिद्रोहको क्रममा ज्यान गुमाएका आफ्ना दाजु जयराज भट्टको प्रेरणाले उहाँ कम्यूनिष्ट राजनीतिमा लाग्नुभएको हो । आईएलसम्म पढेका भट्ट २०५४ सालदेखि २०५८ सालसम्म अनेरास्ववियू (क्रान्तिकारी)को केन्द्रीय सदस्य हुनुभयो । उहाँले त्यसअघि अखिल (क्रान्तिकारी)को कञ्चनपुर जिल्ला अध्यक्ष भएर काम गर्नुभएको थियो । विद्यार्थी फाँट छोडेपछि उहाँ तत्कालीन नेकपा माओवादीको दार्चुला, बैतडी र डडेलधुरा सचिव भएर काम गर्नुभयो भने पछि दार्चुला र बैतडीको ईञ्चार्ज हुनुभयो । २०६० सालमा भट्ट तत्कालीन नेकपा माओवादीको केन्द्रीय समितिमा पुग्नुभयो र माओवादीको बहुचर्चित चुनवाङ बैठकपछि सबैको एकतह घटुवा हुने क्रममा उहाँ पनि एक तह घटुवा हुनुभयो । तर ०६५ सालमा फेरि केन्द्रीय समितिमा पुग्नुभएको छ । तत्कालीन नेकपा माओवादीको सशस्त्र बिद्रोहका उहाँ ९ महिना जेल पर्नुभएको थियो । डडेलुधुराबाट यसअघि पनि उम्मेदवार बनेका उहाँ वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित हुुनुभएको थियो । यसपटक पनि उहाँले देउवासँगै प्रतिस्पर्धा गर्नुभएको छ ।
थप उम्मेद्‌वारहरू