उम्मेदवार
बीना मगर नेकपा माओवादी केन्द्रकी युवा नेतृ हुनुहुुन्छ । २०४० सालको मंसिरमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा जन्मिएकी मगरले पुनर्वास जनता माविबाट एसएलसी पास गर्नुभएको हो । उहाँले काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसबाट मानविकी संकायमा प्रविणता प्रमाणपत्र तह पास गर्नुभएकोे छ । त्यस्तै सरस्वती क्याम्पसबाट उहाँले स्नातक पास गर्नुभएको छ । २०५१ सालमा बाल जनकलाकार संगठनबाट माओवादी पार्टीमा आवद्ध भएकी मगर माओवादीको सशस्त्र युद्धमा लडाकु हुनुभएको थियो । काठमाडौंमा क्याम्पस पढ्दा पढ्दै माओवादीको सशस्त्र युद्धमा लागेकी बिना मगर विभिन्न आक्रमणमा सहभागी पनि हुनुभयो । भैरवनाथ गणमा तत्कालीन शाही नेपाली सेनाको चर्को यातना भोगेकी बीना २०७० सालको चुनावमा पनि कञ्चनपुर १ बाटै उम्मेदवार बने पनि पराजित हुनुभएको थियो ।
थप उम्मेद्‌वारहरू