उम्मेदवार
दिपक प्रकाश भट्टको जन्म २०२९ सालको साउनमा बैतडीको दशरथचन्द नगरपालिकामा भएको हो । उहाँले बैजनाथ मावि कञ्चनपुरबाट ८ कक्षासम्म र महेन्द्रनगर मावि कञ्चनपुरबाट एलएलसीसम्मको अध्ययन गर्नुभएको छ । उहाँले पिथौरागढ, भारतबाट विज्ञान विषयमा स्नातकोत्तर पास गर्नुभएको छ । यस्तै डिएभी कलेज देहरादुनबाट मानविकीमा स्नातकोत्तर र जवाहरलाल नेहरु विश्वविद्यालयबाट उहाँले विद्यावारिधीसम्मको अध्ययन पूरा गर्नुभएको छ । २०४३ सालमा अनेरास्ववियूमार्फत राजनीतिमा लागेका भट्ट अहिलेसम्म सांसद हुनुभएको छैन् । उहाँ २०७० सालदेखि एमालेको विदेश विभाग सदस्य हुनुहुन्छ ।
थप उम्मेद्‌वारहरू